ताजा समाचार

रुपन्देहीमा माओवादीले खाता खोल्योः ओमसतिया गाउँपालिकामा विजयी

रुपन्देही, १९ असार । रुपन्देहीको ओमसतिया गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका हिराकुमार केवट २ हजार ४ सय ४२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मञ्जितकुमार यादवले २ हजार ३ सय ११ मत ल्याए ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सुन्दरमती हरिजन विजयी भएकी छन् । उनले २ हजार २ सय ६४ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता उप्रेतीले २ हजार १ सय ७२ मत प्राप्त गरिन् । रुपन्देहीमा माओवादीको यो पहिलो जित हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org