ताजा समाचार

ताप्लेजुङको पक्ताङलुङमा कांग्रेसका जिल्ला उपसभापतिलाई हराउँदै एमाले विजयी

ताप्लेजुङ, १९ असार । ताप्लेजुङको पक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । कांग्रेसका जिल्ला उपसभापति समेत रहेका मनिप्रसाद लाबुङलाई हराउँदै एमालेका सरोज एभेङ विजयी भएका हुन् । विजयी सरोज एभेङले १ हजार ९ सय ९३ मत ल्याए । कांग्रेसका मनिप्रसाद लाबुङले १ हजार ६ सय ६५ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकी फूलमाया लिम्बु १ हजार ८ सय ८८ मत प्राप्त गरी विजयी भएकी छन् । उनले कांग्रेसका तारादेवी लिम्बुलाई ८ सय ३३ मत प्राप्त गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org