ताजा समाचार

आफ्नो आधार इलाका अछामको रामारोशनमा माओवादी केन्द्र विजयी

अछाम, १९ असार । अछामको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । तत्कालिन सशस्त्र द्वन्द्वको बेला आफ्नो आधार क्षेत्र मानेको रामारोशन गाउँपालिका प्रमुखमा माओवादीका झंकर साउँद विजयी भएका हुन् ।

आइतबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार साउँदले ३ हजार ४ सय २ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर रावलले २ हजार ७ सय ३४ मत ल्याए ।

त्यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्रकी सरस्वती रावल ३ हजार २ सय ९० मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी एमालेकी विन्द्रा साउँदले २ हजार ७ सय ६१ मत ल्याइन ।

अछामका १० स्थानीय तह मध्ये ९ स्थानीय तहको मतपरिणम आएको छ । जसमा कांग्रेस ५, एमाले र माओवादी केन्द्रले २र२ स्थानमा विजयी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org