ताजा समाचार

सुनसरीको दुहबी नगरपालिका र बर्जु गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी

सुनसरी, १९ असार । सुनसरीको दुहबी नगरपालिका र बर्जु गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ । दुहवी नगरपालिकाको मेयरमा फोरम लोकतान्त्रिकका बेदनारायण गच्छदार विजयी भएका छन् । उपप्रमुख पदमा पनि फोरम लोकतान्त्रिककै सुनिता दाहाल विजयी भएकी छन् । गच्छदार ७ हजार ४ सय २० र दाहाल ६ हजार ६ सय ८३ मतसहित विजयी भएका हुन् ।

प्रमुख पदमा गच्छदारको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गौरीशंकर रौनियारले ६ हजार ६१५ मत पाए । उपप्रमुख पदका सुनिता ६ हजार ६८३ मतसहित विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी चन्द्रकला विश्वासले ५ हजार ८८१ मत पाएकी छन् ।

बर्जुमा पनि फोरम लोकतान्त्रिकः

बर्जु गाउँपालिकाको अध्यक्षमा पनि फोरम लोकतान्त्रिकका रघुनन्दन चौधरी विजयी भएका छन् । उनले एमालेका फनिलाल चौधरीलाई १ हजार ४२ मत अन्तरले हराए । रघुनन्दनले ४ हजार ७३४ र फनिलालले ३ हजार ६९२ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा फोरम लोकतान्त्रिककी संगिता कुमारी राय निर्वाचित भएकी छन् । उनले ४ हजार ६२२ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका सोमकुमारी गुरुङले ३ हजार ६८९ मत पाएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org