ताजा समाचार

कपिलवस्तुको शुद्धोधनमा ‘राजपाका स्वतन्त्र उम्मेदवार’ विजयी

कपिलवस्तु, १९ असार । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा ‘राजपा स्वतन्त्र उम्मेदवार’ विजयी भएका छन् । पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका राजपाका निसार अहमद खाँ गाउँपालिका प्रमुखमा विजयी भएका हुन् ।

खाँले १ हजार ८ सय ३७ मतका साथ जित दर्ता गराउँदा उनका निकटतम प्रतिष्पर्धी अर्का स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरीले १ हजार ७ सय ६३ मत पाए ।

यहाँ फोरम लोकतान्त्रिक तेस्रो भएको छ । यहाँ फोरम लोकतान्त्रिकका उम्मेदवारको पक्षमा १ हजार ७ सय ३८ मत परेको छ । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी सुधादेवी पाण्डे विजयी भएकी छन् । पाण्डे गाउँपालिका अध्यक्षले भन्दा बढी मत २ हजार ६ सय ३५ ल्याएर विजयी भएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org