ताजा समाचार

लागुऔषधसहित एक भारतीय नागढुङ्गाबाट पक्राउ

काठमाडौं, १९ असार । राजधानीमा एकाबिहानै लागुऔषधसहित एक जना पक्राउ परेका छन् । नागढुङ्गा प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो । विरगञ्जदेखि काठमाडौं आउँदै गरेको ना ६ ख १५३५ नम्बरको बसमा झोलामा लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा भारतको मोतिहारीका १९ वर्षे फूल महमद अन्सारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीबाट डाइजेल्याव २५०, फेनार्गन १६९ र नुफिर्न १५० एम्पुल बरामद गरिएको महानगरिय प्रहरी प्रभाग नागढुङगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको घर्तीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org