कतारविरुद्धको प्रतिबन्ध हटाउन राखेको शर्त पूरा गर्ने समय ४८ घण्टा समय थप
काठमाडौं, १९ असार । साउदी अरब र अरु तीन अरबी मुलुकले कतारविरुद्धको प्रतिबन्ध हटाउन राखेको शर्त पूरा गर्ने समय थप ४८ घण्टा बढाएका छन् । कतारले आतंकवादीलाई सहयोग गरेको, कतारी सरकारको लगानी रहेको अल जजिरा टेलिभिजन बन्द गर्नुपर्ने, इरानसँगको दूरी बढाउनुपर्ने, कतारमा रहेको टर्किस सेनाको अखडा बन्द गर्नुपर्ने उनीहरुको माग छ ।
माग पूरा नभए थप नाकाबन्दी सामना गर्न तयार रहन पनि उनीहरुले कतारलाई चेतावनी दिएका छन् । कतारले भने आरोपलाई अस्वीकार गर्दै आएको छ । कतारविरुद्ध नाकाबन्दीमा उत्रिएका मुलुकका विदेशमन्त्रीहरुले कतार गएर यस विषयको औपचारिक पत्र बुझाउने बताएका छन् । कतारका विदेशमन्त्री शेख मोहम्मद विनले १३ बुँदे सर्त अस्वीकार गर्दैै वार्तामा बस्न भने तयार रहेको बताएका छन् ।
अमेरिका र बेलायतले मागहरु तर्कसंगत, कार्यान्वयन गर्न सकिने र व्यवहारिक हुनुपर्ने बताएका छन् । कतार केही सातायता कडा कूटनीतिक र आर्थिक प्रतिबन्धको मारमा परेको छ । इरान र टर्कीले भने उसलाई खाद्यान्न र अरु सामग्री पठाइरहेका छन् ।
Comments
अरु समाचार
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...
-
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका...
-
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै...