ताजा समाचार

प्रधानमन्त्री देउवाको साझा सवालम गैरजिम्मेवारपूर्ण जवाफ, जुन निकै भाइरल (भिडियो)

काठमाडौं, १९ असार । ‘लि क्वान युलाई सिंगापुर दिँदाखेरी ढुंगा दिएको थियो, उनले हिरा बनाए, तर नेपाललाई तपाईको हातमा दिँदाखेरी हिरा दिईएको थियो, तपाईले ढुंगा बनाएर छोड्नुभयो । यसको कारवाही कस्लाई गर्ने ?’ माथिको भनाई आइतबार प्रशारिच साझा सवालमा एक व्यक्तिलाई प्रधानमन्त्री शेरबहादुर देउवालाई राखेका थिए ।

त्यसको जवाफमा प्रधानमन्त्री देउवाले जवाफ अत्यन्तै रुखो शब्दमा दिए । जसले गर्दा प्रश्न गर्ने ती व्यक्ति निराश भए । उनले प्रधानमन्त्रीलाई सिंगापुर, चाईना, बेलायतका प्रधानमन्त्रीहरु देशका उत्कृष्ठ विश्वविद्यालयका रहेका छन् । तर नेपालका किन यस्तो भनेर प्रश्न गर्दा प्रधानमन्त्रीका आक्रोश निकै बढेर गयो ।

जवाफमा प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा जस्तो विद्यालय त्यस्तै पढ्ने हो नि, त्यसको विचमा प्रश्नकर्ताले अर्को प्रश्न गर्दा देउवाले भने हेर्नुहोस्, तपाई बढ्ता बोल्दै हुनुहुन्छ ? कहाँबाट ल्याउने मैलै अक्सफोर्ड ? त्यसोभए अक्सफोर्ड नपढेकोले प्रधानमन्त्री नपाउने ? तपाईले चाहेको जस्तो हुन्छ भन्ने पनि त छैन्, अक्सफोर्डमा पढेको को चाँही नेपालमा प्रधानमन्त्री भएको छ ? म जनताको ईच्छा अनुसार प्रधानमन्त्री भएको हुँ, तपाईको ईच्छा अनुसार भएको हो र ? जनताले चुनेको हो मलाई, पार्लियामेन्टमा बहुमत पाएको होईन् र मैलै ? बहुमत पाएको होईन् रे अनि को तपाई हुने’ भन्दै प्रश्नकर्तामाथि देउवाको आक्रोश बढ्दै गएको थियो ।

 

यो त एक जना प्रश्नकर्तासँग मात्रै होईन्, अधिकांश प्रश्नको जवाफमा यस्तै गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् । अहिले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा निकै बहस भईरहेको छ । देशको प्रधानमन्त्री जस्तो व्यक्तिले यस्ता गैरजिम्मेवारीपूर्ण जवाफ दिएको भन्दै चर्को आलोचना भईरहेको हो ।

त्यस्तै पुर्व न्यायधीश सुशिला कार्कीलाई तपाईहरुले बिना कारण केटाकेटी पारामा महाभियोग लगाउनु भयो तर महाभियोग लगाइएक लोकमानसिंह कार्कीलाई कारवाही गर्न खुट्टा कमाउनु भयो यो तपाईहरुको कस्तो प्रजातान्त्रिक पार हो प्रधानमन्त्री ज्यु ? भन्ने प्रश्न सोधेपछि देउवाले साझा सवालमै ति युवकलाई तपाई बढी बोल्ने भन्दै झापारे र उनी ति युवक माथि खनिए देउवा र खुप रिसाए ।

आईतबारको साझा सवालको प्रस्तोता विद्या चापागाई पनि देउवाको उत्तर दिने शैलीकै कारण खुल्न सकिनन् । आफ्नो र सहभागी दर्शकहरुको प्रश्नमा गैरजिम्मेवारपूर्ण जवाफ दिँएकै कारण देउवामाथि त्यति धेरै प्रश्न तेस्र्याउन पाएनन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org