ताजा समाचार

मदन भण्डारीकै नगरपालिकामा एमालेलाई ठूलो धक्का, काँग्रेसले झण्डा फहरायो

मोरङ, १९ असार । मदन भण्डारीको घर रहेको मोरङको रतुवा माई नगरपालिकामा भने नेपाली कांग्रेसले आफ्नो झण्डा फहराएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एवं मदन भण्डारीको घर रहेको साविक इटहरा गाविसलाई समेत समेटेर बनाइएको रतुवा माई नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेले हार व्यहोरेको हो ।

रतुवा माई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रविन राईले ९ हजार ८ सय ९५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमाले उम्मदेवारले ८ हजार १ सय मत ल्याए । रतुवा माई नगरपालिका मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । यो नगरपालिका एमाले सांसद ऋषि पोखरेलको क्षेत्रसमेत हो ।

विद्या भण्डारी एवं मदन भण्डारीको गाउँ र एमाले नेता पोखरेलको गाउँ समेत भएको ठाउँमा मेयर र उपमेयर दुबैमा कांग्रेसले जितेपछि एमालेले धक्का लागेको महसुस गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org