ताजा समाचार

रमेश लेखक मतदाता रहेको नगरपालिकामा काँग्रेसलाई ठूलो झट्का, एमालेका चन्द बने मेयर

कञ्चनपुर, १९ असार । कञ्चनपुरको बेदकोट नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री रमेश लेखकको मतदाता रहेको बेदकोटमा एमालेका अशोक चन्द मेयर निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव भोजराज बोहरालाई पराजित गरेका छन् ।

त्यस्तै, उपमेयरमा एमालेकै सुशीला सिंह निर्वाचित भएकी छन् । यो नगरपालिकाका १० वडामध्ये एमालेले ८ वडामा प्यानलै जित हात पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org