ताजा समाचार

स्थानीय चुनावमा उपमहानगरपालिका तर्फ राप्रपाको पहिलो जित, नेपालगञ्जमा राणा विजयी

नेपालगञ्ज, २० असार । बाँकेको नेपालगञ्ज उपमहागरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका डा. धवल शम्शेर राणा १२ हजार ५ सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका डा. सुरेशकुमार कनौडिया ८ हजार ७ सय ३० मत ल्याएर पराजित भए ।

राणाले ३७८५ मत अन्तरले मेयरमा बाजी मारेका हुन् । राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो । उपमेयरमा कांग्रेसकी उमा थापामगर विजयी भएकी छिन् । उनले १० हजार ७ सय ३१ मत ल्याईन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८९२४ मत ल्याइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org