ताजा समाचार

कैलालीमा माओवादीले खाता खोल्योः पूर्व लडाकुले जिते गाउँपालिका अध्यक्ष

कैलाली, २० असार । कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका लाजुराम चौधरी ६ हजार २ सय ४ मत ल्याएर विजयी भएका हुन् । पूर्व माओवादी लडाकु रहेका चौधरीले नेपाली कांग्रेसका रामसमत चौधरीलाई पराजित गरेका हुन् ।

शिक्षकबाट राजीनामा दिएर गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका रामसमतले ५ हजार ८ सय ८७ मत पाए । गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रकै लक्ष्मी छत्गौवा विजयी भएकी छन् । उनले ६०६४ मत पाइन् । निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता चौधरीले ५४०७ मत पाइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org