ताजा समाचार

अपडेट :चितवनमा रात्रिबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुग्यो


चितवन, २० असार । चितवनमा भएको रात्रिबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा रात्रिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । ज्यान गुमाउनेमा तीन महिने शिशुसहित प्रहरी जवान र चालक रहेका छन् ।

घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु र निजकी तीन महिनाकी छोरी र चालक कैलालीका ४५ वर्षीय दिनेश रानाको ज्यान गएको हो । धनगढीतर्फ आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको थियो ।

तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । बसमा सवार २७ जनामध्ये सकुशल रहेका २० जनालाई अन्य बसमा चढाएर गन्तव्यतर्फ पठाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org