विद्युत प्राधिकरणका सुपरभाइजर घुससहित रंगेहात पक्राउ
भक्तपुर, २० असार । नेपाल विद्युत प्राधिकरणका सुपरभाइजर घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैललाई घुस लिइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरेको हो ।
आयोगको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भैललाई ११ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाट रङ्गेहात पक्राउ गरेको हो । एक ग्राहकसँग मिटरको क्षमता वृद्धि गर्न भैलले घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले अनुसन्धानका क्रममा रङ्गेहात पक्राउ गरेको हो ।
सूर्यविनायक नगरपालिका–५, साविक कटुञ्जे गाविस–१ मा अवस्थित एक मसला उद्योगले १५ एम्पियरको मिटरलाई ३२ एम्पियर बनाउन निवेदन दिएकोमा भैलले ढिलासुस्ती गर्दै ग्राहकसँग घुस मागेका थिए । ग्राहकले आयोगमा उजुरी गरेपछि आयोगको टोलीले छानबिन सुरु गरेको थियो ।
भैल प्राधिकरण भक्तपुर शाखाको नयाँ ग्राहक सेवाका पाँचौँ तहका सुपरभाइजर हुन् । पक्राउ परेका सुपरभाइजर भैललाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखेको छ । थप अनुसन्धानपछि भैललाई कानुनबमोजिम कानुनी प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...