ताजा समाचार

धनगढी उपमहानगरमा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा, दुवैको बराबरी मत

कैलाली, २० असार । कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस र स्वतन्त्र उमेद्वारको मत बराबरीमा आएको छ । बिहानसम्म मेयरमा कांग्रेसका उम्मेदवार नृप बहादुर वडले अग्रता लिएकामा अहिले स्वतन्त्र उम्मेद्वार गोपाल हमालको मत बराबर आएको हो ।

अहिलेसम्म वड र हमालले ५१ हजार ४७ मत ल्याएका छन् । अहिले दुवै उम्मेदवारले ५ हजार १ सय ४६ मत ल्याएका छन् । उपमेयरमा भने कांग्रसको अग्रता कायमै छ ।

६ हजार २ सय २२ मत सहित कांग्रेसकी शुशिला मिश्र भट्ट अग्रस्थानमा रहँदा एमालेकी रुक्मणी देवकोटाले ५ हजार ११२ मत ल्याएर पछ्याइरहेकी छन् । ५४ हजार ३ सय ६९ खसेको धनगढी उपमहानगरपालिकामा अहिलेसम्म २० हजार २९१ मत गणना भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org