ताजा समाचार

कैलालीको घोडाघोडी र लम्किचुहा नगरपालिकामा एमाले विजयी

धनगढी, २१ असार । कैलालीको घोडाघोडी र लम्किचुहा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । बुधबार विहान सम्पन्न मत गणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको छ । एमालेका तपेन्द्र रावलले ८ हजार १६४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाए ।

उपमेयरमा एमालेकी लक्ष्मी चौधरी ७ हजार २३४ मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ममता चलाउनेले ७ हजार ६४ मत पाइन् । कैलालीकै लम्किचुहा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा एमाले विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org