ताजा समाचार

झापाको गौरीगञ्ज गाउँपालिकामा राप्रपा विजयी, झापाका ३ तह राप्रपाको पोल्टामा

झापा, २१ असार । झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपा उम्मेदवार विजयी भएका छन् । राप्रपा बाबुराजा श्रेष्ठ ३ हजार ७ सय ४० मत ल्याउँदै अध्यक्षमा विजयी भएका हुन् । योसँगै झापामा राप्रपाले ३ स्थानीय तहमा जित निकालेको छ । यसअघि राप्रपाले जिल्लाको हल्दिबारी र कचनकबल गाउँपालिकामा जितिसकेको छ ।

उनका निकटम प्रतिद्वन्दी कांग्रेसका फूलवती राजवंशीले ३ हजार ४ सय ५३ मत प्राप्त गरिन् । उपप्रमुखमा भने कांग्रेसका दिपेन्द्र थापा विजयी भए । उनले ३ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी एमालेकी उम्मेदवार मोनिका राईले २ हजार ८ सय १७ मत ल्याईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org