ताजा समाचार

धरान उपमहानगर र पुनर्वास नगरको मत गणना अझै सुचारु हुने सकेन्

काठमाडौं, २१ असार । सुनसरीको धरान उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकामा स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन । संघीय समाजवादी फोरमले विरोध गरेपछि सोमबार रातिदेखि स्थगित भएको धरान उपमहानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन् । आफ्नो मत अर्को उम्मेदवारलाई परेको भन्दै संघीय समाजवादी फोरमले विरोध जनाएपछि मतगणना स्थगित भएको थियो ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकामा स्थगित गरिएको मतगणना अझै सुरु हुन सकेको छैन् । वडा नम्बर १ मा खसेको मतभन्दा करिव एक सय मत बढी देखिएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चालगायतका पार्टीले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।

सोमबार सर्वदलीय बैठकबसी सिसी टिभी जडान गर्ने सहमति भए पनि मतगणना शुरु हुन सकेको छैन । सिसी टिभी जडान गर्ने निर्णय भएसँगै माओवादी केन्द्रले भने पुनर्वास नगरपालिकामा मतगणना भइसकेका वडाहरु २, ३ र ४ मा पुनः मत गणना गर्नुपर्ने अडान लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org