ताजा समाचार

चीनले बनायो ८८० जना सुत्न मिल्ने आरामदायी बुलेट रेल (फोटोसहित)

काठमाडौं, २१ असार । चीनमा नयाँ आविस्कार गरिएको बुलेट रेलको बारेमा सुन्दा अचम्म लाग्न सक्छ । दिनप्रतिदिन नयाँ नयाँ आविस्कार गर्दै आईरहेको चीनले ८८० जना सुत्न मिल्ने आरामदायी बुलेट रेलको आविस्कार गरेको छ । जसलाई प्रविधिको दुनियामा नयाँ आयाम भनिएको छ ।

केही दिन अघि तीव्र गतिको रेल सञ्चालनको समाचारले सन्सनी मच्चाएको चीनले बेइजिङ–शाङहाई लाइनमा शनिवारदेखि २५० किलोमिटरको गतिमा कुद्ने बुलेट रेल विकास गरेको हो । छिङताउको फाङ कम्पनी लिमिटेडले प्रस्तुत गरेको यो रेल तुलनात्मक रूपमा अझै आरामदायी भएकाले यात्रुहरूको ध्यानाकर्षण बढेको छ।

यो रेल पहिलाको मोडल भन्दा ३७ प्रतिशत ठूलो छ भने ८८० जनाले यात्रा गर्न सक्नेछन्। हल्लाखल्ला पनि कम हुने यस रेलका शयन कक्ष पनि झन् आरामदायी छन्। चाइना डेलीका अनुसार यो रेल बेइजिङ साउथ रेलवे स्टेशनमा रोकिनेछ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org