ताजा समाचार

प्रधानमन्त्री देउवाको दैनिक कार्यसूचीः एकैदिन ३ ठाउँमा बिहेभोज

काठामाडौं, २१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको दैनिक कार्यक्रम कस्ता होलान् ? तपाईलाई अचम्म लाग्न सक्छ । उनको आजको दैनिक कार्यसूचीमा भेटघाटदेखि बिहेभोजमा सहभागी हुने सम्मका रहेका छन् । प्रधानमन्त्री देउवाको आज दैनिक कार्यसूचीमा ३ ठाउँमा बिहेभाज जानेछ ।

सामान्यतया प्रधानमन्त्री यस्ता कार्यक्रमहरुमा कमैमात्रामा सहभागी हुने गर्दैछन् । तर देउवाको भने एकैदिन ३ बिहेभोजमा सहभागी हुन लागेका हुन् । आफ्नो सचिवालय बनाउन नसक्दा प्रधानमन्त्री देउवाको दैनिक कार्यसूची व्यवस्थित हुन नसकेको हो । प्रधानमन्त्रीको सचिवालय व्यवस्थित नहुँदा उनका कार्यक्रमको प्राथमिकता निर्धारण हुन नसकेको र कतिपय सन्दर्भमा विवादमा परेको भन्दै सहयोगीहरुले अशन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री निर्वाचित भएको एक महिना हुन लाग्दा पनि देउवाले औपचारिक रुपमा स्वकीय सचिव पनि नियुक्त गरेका छैनन् । उनका सहयोगी भानु देउवाले स्वकीय सचिवको भूमिका निर्वाह गरिरहे पनि नियुक्ति पाएका छैनन् । जेठ २३ गते प्रधानमन्त्री निर्वाचित भएका प्रधानमन्त्री देउवाको सचिवालय व्यवस्थित नहुनको परिणाम उनको बीबीसीको साझा सवाल कार्यक्रमको सहभागिता र त्यसपछिको विवाद हो भन्ने तर्क देउवा निकटस्थहरुको छ ।

प्रधानमन्त्रीले विहान ११ बजेदेखि साँझसम्म भाग लिने ५ वटा कार्यक्रममध्ये तीनवटा चाहिँ बिहे भोज छन् । प्रधानमन्त्रीको महत्वपूर्ण समय बिहेभोजमा गइरहेको छ भन्ने देखाउन खोजिएको हो कि रु अरु कार्यक्रमनै नभएका हुन् रु सचिवालय व्यवस्थित नहुदाको यो एउटा उदाहरण हो ।

देउवाका ती सहयोगीले भने– प्रधानमन्त्रीले बिहे र ब्रतबन्धमा सहभागी हुने वा जन्ती मलामी जाने कुरा सामाजिक कार्य हुन् र आवश्यकता अनुसार जानु पनि पर्छ । तर, सचिवालयले जनताले देख्ने गरी वेभसाइटमै यस्ता कार्यक्रममा प्रधानमन्त्रीको समय गइरहेको छ भनेर खुइल्याउन खोजेको त होइन ? प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिव, प्रेस सल्लाहकार र राजनीतिक सल्लाहकार नियुक्त गर्नेबारे छलफल भइरहे पनि टुंगो लाग्न सकेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org