ताजा समाचार

महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहको गोप्य बैठक, देउवासँग जुहारी खेल्ने

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको गोप्य बैठक बसेको छ । काठमाडौंको महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा बुधबार बिहान बसेको पौडेल समूहको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षाका साथै मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भएको छ ।

बैठकमा पार्टीभित्रको विवादले स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा कांग्रेसका उम्मेदवारहरू पराजित भएको भन्दै यो विषयलाई गम्भीर रुपमा उठाउने सहमति भएको छ । आन्तरिक व्यवस्थापन र टिकट वितरणमा भएको गडबढीले पराजय भोग्नु परेको पौडेल समूहको ठहर छ ।

बैठकमा मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको नाम सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले माग गरेको अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । पौडेल समूहले मन्त्रिमण्डलमा सम्मानजक संख्या नपाए अडान लिएर नाम नपठाउने रणनीतिमा लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org