ताजा समाचार

गृहमन्त्री शर्माद्वारा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे संसदमा जानकारी

काठमाडौं, २१ असार । गृहमन्त्री जनार्दन शर्माले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोले पुर्‍याएको क्षतिबारे संसदलाई जानकारी गराएका छन् । संसदको बुधबारको बैठकमा गृहमन्त्री शर्माले सिन्धुपाल्चोक, कास्की, सप्तरी, पर्वतलगायत ठाउँमा गएको बाढीपहिरोबारे जानकारी दिँदै यस्ता घटनाबाट हुनसक्ने क्षति रोक्न सरकारका सबै संयन्त्र चुस्त अवस्थामा रहेको दाबी गरे ।

उनले बाढी पहिरोलगायत विपत्तिमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने पनि बताए । उनले स्थानीय तहको चुनाव गराउन सहयोग गर्ने सबै राजनीतिक दल तथा सुरक्षा निकायलाई धन्यवाद दिँदै दुई नम्बर प्रदेशमा हुने चुनावमा पनि सहयोग गर्न आग्रह गरे ।

विपक्षी दलका तर्फबाट एमालेका नेता राजन भट्टराईले स्थानीय शासन ऐन छिटो पारित गर्न माग गरे । ऐन पारित नहुँदा जनप्रतिनिधिलाई काम गर्न अप्ठेरो भएको र जनचाहना अनुसार काम गर्न नपाएको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org