ताजा समाचार

पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको आरोपमा कोहलपुरमा कांग्रेस नेतामाथि कालोमोसो

नेपालगन्ज, २२ असार । बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि कालोमोसो दलिएको छ । पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको आरोप लगाउँदै उनीमाथि कोहलपुरमा कालोमोसो दलिएको हो ।

बुधवार कोहलपुर नगरपालिकामा कांग्रेस हारेपछि अन्तरघातको आरोपमा एक अर्कोमाथि आक्रमण प्रयास भएको छ । कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा आएको ४ जनाको समूहले आफूलाई कालोमोसो दलेको पौडेलले बताए ।

बुधबार दिउँसोमात्र कोहलपुरको मतगणना सकिएको थियो । नेपाली कांग्रेसका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएको कारण देखाउँदै पुडासैनीको समूहले घरमै गएर पौडेलमाथि दुर्व्यवहार गरेको थियो ।

दुव्र्यबहार गरेको पीडित पौडेल नेपाली कांग्रेस साविकको रझेना गाविस इकाईका पूर्व सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org