ताजा समाचार

प्रधानमन्त्री देउवा आज मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, पौडेल पक्षले समस्या गर्न सक्ने संकेत

काठमाडौं, २२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । त्यसको लागी उनले आन्तरिक तथा बाह्य गृहकार्य गरिरहेका छन् । पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकोले बुधबार देउवाले रामचन्द्र पौडेल पक्षलाई मन्त्रीमण्डमा सहभागी हुनेको नाम मागेका थिए । तर पौडेल पक्षले कुन कुन मन्त्रालय दिने हो नाम पहिला मागेपछि बुधबार साँझ मन्त्रालय भागवण्डाको तयारी भएको देउवा श्रोतको भनाई छ ।

पार्टीभित्रको भागबण्डा मिलेमा प्रधानमन्त्री देउवाले आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिनापछि देउवाले दोस्रो चरणको मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् । यसअघि पहिलो चरणमा ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।

देउवाले पौडेल पक्षलाई ४ वटा र कृष्णप्रसाद सिटौलालाई एउटा मन्त्रालय दिने बताएको देउवा निकट स्रोतले जानकारी दिएको छ । वर्तमान संयुक्त सरकारमा कांग्रेसले १२ वटा मन्त्रालय राख्ने माओवादी केन्द्रसँग सहमति भएको छ । देउवाले पार्टीभित्रको गुट व्यवस्थापन गर्न पौडेल र सिटौला पक्षलाई ५ वटा मन्त्रालय दिने र अन्य मन्त्रालय आफ्नो पक्षलाई दिने तयारी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org