ताजा समाचार

कृष्ण सिटौलाको गृहनगर झापामा काँग्रेसलाई झट्का, भद्रपुर नगरमा एमाले विजयी


झापा, २२ असार । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर झापाको भद्रपुर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेले मेयर र उपमेयर दुवै पदमा विजयी भएको हो ।

एमालेका जीवनकुमार श्रेष्ठ ११ हजार ४२ मत ल्याउँदै मेयरमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १५ मत ल्याए ।

त्यसैगरी, उपमेयरमा पनि एमालेकै चन्द्रमाया श्रेष्ठ विजयी भएकी छिन् । उनले १० हजार ६ सय ५० मत प्राप्त गरिन् ।श्रेष्ठकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा भुर्तेलले ६ हजार ४ सय ९८ मत ल्याइन् ।

नेता सिटौलाले मतदान गरेको वडा नम्बर १० मा पनि एमालेको प्यानलै विजयी भएको छ । त्यो वडामा एमालेका टेकबहादुर खड्का (काजी) ले जित निकालेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org