ताजा समाचार

दाङको तुल्सीपुर उपमहानगरको मेयर उपमेयर दुवैमा एमाले विजयी

दाङ, २२ असार । दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेय २२ हजार ८ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत पाए । त्यस्तै उपमेयरमा पनि एमाले विजयी भएको छ ।

एमालेकी मेयरका उम्मेदवार माया आचार्यले २१ हजार ३७ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देवका नेपालीले २० हजार १ सय ८५ मत प्राप्त गरिन् । १९ वडा रहेको उपमहानगरपालिकामा १० वटा वडामा नेपाली कांग्रेस र ९ वटा वडामा एमाले विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org