ताजा समाचार

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयर उपमेयर दुवैमा एमाले विजयी

रुपन्देही, २२ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार हरी अधिकारीले ६ हजार ७ सय ५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृका यादवले ५ हजार २ सय ५० मत ल्याए ।

त्यस्तै उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी उपमेयरी उम्मेदवार उमा काफ्लेले ६ हजार १ सय ७२ मत ल्याएर विजयी भईन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी माधवी शर्माले ५ हजार २ सय २४ मत ल्याईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org