ताजा समाचार

धरान उपमहानगरको मतगणना गर्न खटिएका निर्वाचन अधिकृत परिवर्तन

धरान, २२ असार । धरान उपमहानगरपालिकाका लागि खटिएका निर्वाचन अधिकृतलाई परिर्वतन गरिएको छ । मतगणना अवरुद्ध भएको दुई दिनसम्म पनि कुनै उपाय निकाल्न नसकेपछि निर्वाचन अधिकृत जयप्रसाद महतलाई परिवर्तन गरिएको हो । एउटा दलको मत अर्को दलमा जोडिए पछि उत्पन्न विवाद मिलाउन नसक्दा महतको ठाउमा अर्को अधिकृत तोकिएको छ ।

४५ घण्टा सम्म धरानको मतगणना हुन नसकेपछि महतले दलको दवावले मत गणना स्थगित गरिएको विज्ञप्ती नै जारी गरेपछि उनको ठाउमा इलाका प्रसासन कार्यालयका प्रमुख कमल थापालाई निर्वाचन अधिकृत बनाईएको छ । थापा आएपछि उक्त विज्ञप्तिमा प्राविधिक कारणले मत गणना स्थगित गरिएको भनेर सच्च्याएर फेरि जारी गरिएको थियो ।

महतले निर्वाचन आयोगबाटै परिवर्तन गरिएको बताए । उनले आयोगले कमल थापालाई जिम्मेवारी दिएको बताए । धरान उपमहानगरपालिकाको मतगणना गर्न सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन कोइराला धरान आएपछि निर्वाचन अधिकृत परिवर्तन गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org