ताजा समाचार

स्वतन्त्र उम्मेदवारी दिएका ‘राजपा’ का नेता बने लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर

भैरहवा, २२ असार । लुम्बिनी सांस्कृतिक नगरपालिकामा ‘राजपा’का उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका ‘राजपा’का मनमोहन चौधरी (कन्हैयाबावु) ८ हजार १७५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत प्राप्त गरे । स्वतन्त्रबाट विजयी हुने उनी राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुन् ।

उपमेयरमा भने संघीय फोरमका जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मतका साथ विजयी भएकी छन् । प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत प्राप्त गरेकी छन् । लुम्बिनी सांस्कृतिक नगर रुपन्देहीको बुटवल र सिद्धार्थनगर नगरपालिका पछिको मुख्य नगरी समेत हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org