ताजा समाचार

मृत्यु भइसकेका गुरुको शव फ्रिजरभित्रै राखेर ध्यान गर्न हाइकोर्टको अनुमति

भारत, २२ असार । पंजाब र हरियाणा हाई कोर्टले मृत्यु भइसकेका दिव्य ज्योती पंथका संस्थापक आशुतोष महाराजको भक्तलाई उनको शव फ्रिजरमा सुरक्षित राख्ने अनुमती दिएको छ । अदालतले तीन वर्ष पुरानो यो मुद्दामाथि निर्णय सुनाएको हो ।

आशुतोष महाराजको संदिग्ध हृदयघातका कारण सन् २०१४ को जनवरीमा मृत्यु भएको थियो तर उनका भक्तको उनी गहिरो ध्यानमा लिन भएको र एक दिन जीवित हुने विश्वास रहेको छ । उनीहरुले उनको शवलाई पंजाबको एक विशाल आश्रममा फ्रिजरमा राखेका छन् ।

उनका छोरा भनि दाबी गर्ने दिलिप कुमार झा र उनका भक्तबिच उनको शरिरको विषयमा विवाद चलिरहेको छ । दिलिप उनको पिताको हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गर्न चाहन्छन् । तर अहिलेको निर्णयमा अदालतले सन् २०१४ को त्यो निर्णयलाई उल्टाइदिएको छ जसमा आशुतोष महाराजाको मृत्युको पुष्टि भएपछि उनको अन्तिम संस्कारको अनुमती दिइएको थियो ।

दिलिप कुमार झाका वकिलले समाचार एजेन्सी एफपीलाई दिएको जानकारी अनुसार अदालतले आशुतोष पुनर्जीवित हुने भक्तहरुको विश्वासमा कसरी सहमत भए भन्ने बारे स्पष्ट हुन सकेको छैन ।

उनको मृत्युपछि उनका प्रवक्ता स्वामी विशालानन्दले बीबीसीसँग भनेका थिए, ‘उनको मृत्यु भएको छैन । मेडिकल साइन्सले योज विज्ञानको कुरा बुझ्दैन । हामी कुर्नेछौं र हेर्नेछौं । हामीलाई पूर्ण विश्वास छ कि उनी पुनर्जीवित हुनेछन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org