ताजा समाचार

जेलमा दुई पक्षबीच झडप हुँदा २८ जना कैदी मारिए, केहीको शीर छेदन गरी हत्या

काठमाडौं, २३ असार । मेक्सिकोको जेलमा दुई पक्षका कैदीबीच झडप हुँदा २८ जना मारिएका छन् । दक्षिण पश्चिम मेक्सिकोको अकापुल्को शहरमा रहेको जेलमा दुई विरोधी गूटबीच भएको झडपमा उनीहरु मारिएको जेल प्रशासनले जनाएको छ ।

धेरैजसो कूटपिटकै कारण मारिएका थिए भने केहीको शीर छेदन गरेर हत्या गरिएको जनाइएको छ । अकापुल्को मेक्सिकोकै अत्यन्तै धेरै हिंसा हुने र लागू पदार्थ उत्पादन हुने केन्द्रका रुपमा लिइन्छ । टाउको छिनालेका शव फेला परे पनि हतियार भने प्राप्त नभएको अधिकारीहरुको भनाइ छ । यो जेल निकै बढी कैदीले भरिएको र क्षमतभन्दा बढी कैदी राखिएको बताइएको छ ।

निकै पर्यटक जाने शहरका रुपमा पनि चिनिने यो स्थान लागू पदार्थ र लगातार भइरहने यस्तै हिंसाका कारण अहिले मृत शहरझै बनेको बताइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org