जर्मनीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ७६ प्रहरी घाइते
काठमाडौं, २३ असार । जर्मनीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ७६ प्रहरी घाइते भएका छन् । हैम्बर्ग शहरमा हुन लागेको जी–२० सम्मेलनको पूर्व सन्ध्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीतर्फ पनि उत्तिकै संख्यामा घाइते भएका छन् । हजारौं संख्यामा रहेका प्रदर्शनकारीको र्याली रोक्न प्रहरीले हस्तक्षेप गरेपछि घटना हिंसात्मक बनेको हो ।
प्रहरीले भने कालो पहिरनमा रहेका करीब एक हजार प्रदर्शनकारीले मुखमा रहेको पट्टी हटाउन नमानेपछि कारवाही गर्नुपरेको जनाएको छ । क्रुद्ध बनेका प्रदर्शनकारीले गाडीमा आगजनी गर्नुका साथै तोडफोडसमेत गरेका छन् ।
प्रदर्शनकारीलाई सम्मेलनस्थल जानबाट रोक्नकै लागि सरकारले २५ हजार प्रहरी तैनाथ गरेको थियो । यता शिखर सम्मेलनमा जुटेका जी–२० का नेताहरुबीच भने थुप्रै विषयमा मतभेद देखिएको छ । खासगरी जलवायु परिवर्तन र व्यापार जस्ता विषयमा ठूलो असमझदारी छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायुसम्बन्धी पेरिस सम्झौता नमान्ने बताएपछि यसले ठूलो हलचल ल्याएको छ । यसै विषयमा ट्रम्प र जर्मन चान्सलर एञ्जेला मर्केलबीच अलग्गै छलफलसमेत भएको छ ।
Comments
अरु समाचार
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...