मुख्यमन्त्रीलाई कालो झण्डा देखाउँदा जेल पुगेकी युवती भन्छिन्, बलात्कारीसँगै राखियो
काठमाडौं, २३ असार । भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीलाई कालो झण्डा देखाएर चर्चामा आएकी एक युवती जेलबाट हालशै रिहा भएकी छन् । मिस युपी समेत भईसकेकी २२ वर्षीया अपूर्वा वर्मा २३ दिन जेलमा बसेर हालै रिहा भएकी हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कालो झण्डा देखाएको आरोपमा उनी २३ दिन जेलमा बसेकी हुन् ।
अपूर्वा भन्छिन्, ‘म र मेरो साथी जेलमा पुगेको दिनदेखि नै हामीसँग आतंकवादीलाई जस्तै व्यवहार गरियो । खान–पिउन प्रतिवन्ध, परिवारका सदस्यसँग भेट्न रोक लगाइयो ।’ जेलमा महिला वार्डेनसँग गुनासो गर्दा आफूहरुलाई तर्साउने गरेको जिकिर गर्दै उनले भनिन्, ‘तिमीहरुले गलत काम गरेका छौ, फाँसीको सजाय पनि हुन सक्छ भनेर हामीलाई तर्साउने काम गरियो ।’
आफू र आफ्नो साथी गरी दुईजना मात्र महिलालाई पुरुषसँग राखिएको उनको आरोप छ । उनले भनिन्, ‘हामीलाई बलात्कारी, चोर, गुण्डाहरुसँग राखिएको थियो, राति केही भइहाल्छ कि भनेर हामी सुत्न सक्दैनथ्यौं ।’ अपूर्वा राजनीतिक रुपमा समाजवादी पार्टीसँग निकट छिन् । उनलाई जेलमा समेत समाजवादी पार्टीका नेता मुलायम सिंह यादव भेट गर्न पुगेका थिए ।
Comments
अरु समाचार
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...