ताजा समाचार

बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री देउवा आज सप्तरी जाँदै

काठमाडौं, २३ असार । बाढी प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा आज सप्तरी जाँदैछन् । बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षणका लागि प्रधानमन्त्री देउवा सप्तरी पुग्ने कार्यक्रम रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादु कटवालले जानकारी दिए ।

प्रधानमन्त्री देउवा लोहजारा गाविसस्थित भेडिया मन्ठमा आउने कटुवालले जानकारी दिए । भेडियामन्ठसहित नजिकै रहेको मैनाकडेरी, रघुनाथपुरमा बाढीले समस्या गरेको छ । पछिल्लो समयमा भएको अधिक बर्षाले महुली खोला भत्केपछि यस क्षेत्रका सयौं जनाको घरमा पानी पसेको छ ।

प्रधानमन्त्री देउवाले भत्केको बाँधको अवलोकन र निरीक्षण गर्दै बाढीपीडितहरुसँग भेट समेत गर्नेछन् । प्रधानमन्त्रीले पीडितहरुसँग केहीबेर भेटघाट गर्ने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी कटवालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org