ताजा समाचार

भरतपुर मतपत्र प्रकरणको बहस आजः के सर्वोच्चले च्यातिएका मतपत्रको पोको खोल्ला ?

काठमाडौं, २३ असार । भरतपुर महानगरको मतपत्र च्यातिएको प्रकरणमा सर्वोच्च अदालतमा आज बहस हुदैछ । अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त अन्तरकालीन आदेशले आजको बहसमा पनि निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ भने अन्तरकालीन आदेश बदर भएमा वडानम्बर १९ मा पुनः मतदान गर्नुपर्ने फैसला हुनेछ । सो मुद्दाको आज १ नम्बरमा पेसी राखिएको छ । न्यायाधीश मिरा र खड्का अनिलकुमार सिन्हाले बहस गर्दैछन् ।

बैशाख ३१ गते भएको स्थानीय निर्वाचन अन्र्तगत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएपछि पुनः मतदान गर्ने या मतणना गर्ने भन्ने विषयमा विवाद बढेसँगै सो वडाका वडासदस्यका उम्मेदवार गुन्जमान विकलगायतले मुद्दा दायर गरेका थिए ।

मुद्दामा यसअघि अदालतले वडा नम्बर १९ मा च्यातिएका ९० थान मतपत्र सर्वोच्च अदालतले मगाएको थियो । आजको बहसमा च्यातिएका मतपत्रको पोको समेत खोलिने बताइएको छ । मतगणनाका क्रममा भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १३ गते सर्वोच्चमा पेस गरेको थियो ।

मतपत्रसँगै जिल्ला अदालत चितवनमा मतपत्र च्यात्नेविरुद्ध अदालतमा चलाइएको मुद्दाको मिसिल पनि सर्वोच्चको इजलासमा आजै पेस हुनेछ । भरतपुर महानगरमा जेठ १४ गते राति मतगणना जारी रहेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org