ताजा समाचार

ज्यान मार्ने उद्योगमा जन्मकैदको सजाय पाएका चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित

बाँके, २३ असार । जन्मकैदको सजाय पाएका व्यक्ति गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । बाँके जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका नरेन्द्रकुमार चौधरी कुर्मी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका चौधरी डुडुवा गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।

चौधरीले जेल जानुपर्ने बेला विजयको माला पहिरेका छन् । उनी संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार विजयबहादुर यादवलाई हराउँदै गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।कारागारमा सजाय भोगिरहेका चौधरीलाई २०७१ सालको प्रजातन्त्र दिवसका अवसरमा तत्कालीन नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले कैद माफी गरिदिएको थियो।

जेलमुक्त भएका चौधरीमाथि दुईवटा डाँका मुद्दा, दुईवटा कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योगलगायत पाँच मुद्दामा जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय तोकेको थियो। उनी जेलबाट रिहा भएपछि स्वागतका लागि नेपाली काँग्रेसका विभिन्न कार्यकर्ता उनीलाई भेट्न पुगेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org