ताजा समाचार

लालु यादवको पटनास्थित घरसहित १२ स्थानमा सिबिआईको छापा

भारत (पटना), २३ असार । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) ले लालुप्रसाद यादवको घरमा छापा मारेको छ । राष्ट्रिय जनता दलका प्रमुख रहेका यादवको पटनास्थित घरसहित १२ स्थानमा छापा मारेको हो । यादव रेल मन्त्री हुँदा होटल मर्मतका लागि दिएका टेन्डरमा देखिएको घोटलालाई लिएर अनुसन्धान गरिरहेको सिबिआईले पछिल्लो छापा मारेको हो।

लालुले स्टेसनसँगै रहेका भारतीय रेल्वेका होटलहरूको मर्मत र सञ्चालनका लागि दिएको टेन्डरहरूमा घोटला गरेको आरोप लागेको थियो।यादव उनकी पत्नी राब्री देवी र बिहारका अहिलेका उपमुख्य मन्त्री तेजस्वीविरूद्ध उक्त घोटलाको अभियोग लागेको छ।

यादवको पटनास्थित घरसँगै दिल्ली, हरियाणाको गुडगाउँ, उडिसाको पुरी र झारखण्डको राँचीमा रहेका यादव परिवारको घर तथा सम्पत्तिमा सिबिआईले शुक्रबार बिहान साढे ७ बजे छापा मारेको हो।

सिबिआइले यादवको पटनास्थित घरमा छापा मारेको बेला उनी घरमा थिएनन्। उनी सिबिआईको कोर्टमा उपस्थित हुन राँची पुगेका थिए।सिबिआईले उनलाई गाई वस्तुको दाना सम्बन्धी अर्को घोटमा बयान लिन राँची बोलाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org