ताजा समाचार

बिराटनगर महानगरमा कांग्रेस विजयी, भीम पराजुली मेयर, इन्दिरा कार्की उपमेयर

विराटनगर, २५ असार । बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । शनिबार मध्यरातमा सकिएको मत गणनामा काँग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढाकाले १७ हजार ३ सय २१ मत पाएका छन् । संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेद यादव तेस्रो स्थानमा आएका छन् ।

त्यस्तै उपमेयरमा पनि नेपाली काँग्रेसकै उम्मेदवार निर्वाचित भएकी छन् । कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १ सय ८६ मत पाएर उपमेयरमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११ हजार ५ सय ४४ मत पाईन् ।

महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरीबाबु महर्जन विजयी भईसकेका छन् । काठमाडौं र पोखरा महानगरपालिकामा भने एमालेले जितेको छ । चुनाव सम्पन्न भएका चार महानगरमध्ये कांग्रेस एमालेले दुई दुईवटामा जित निकालेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org