ताजा समाचार

राष्ट्रपति भण्डारीलाई बिलासी गाडी चाहियो, १६ करोडको गाडी किनिँदै

काठमाडौं, २५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीलाई अब बिलासी गाडी चाहिने भएको छ । दुई वर्षअघि नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीले बिलासी गाडीको माग गरेकी छन् । भण्डारीको लागी भन्दै राष्ट्रपति कार्यालयले गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ ।

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँ माग गरेको राष्ट्रपति निकट श्रोतको दावी छ । राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो ।

सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ । सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारम्भिक छलफलका आधारमा यो निष्कर्ष निकालेको बताइएको छ । भण्डारीले सेनाको योजनाअनुसार गाडी किन्ने मनयास बनाएकी हुन् । हुनत अहिले पनि उनी करोडौंको गाडीमा चढ्छिन् । तर पनि उनलाई अब यो भन्दा बिलासी र महंगो गाडी चढ्ने रहर जागेर आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org