ताजा समाचार

भारत–पाकिस्तान सीमा क्षेत्रमा गोली चल्दा ५ पाकिस्तानी र २ भारतीयको मृत्यु

काठमाडौं, २५ असार । भारत र पाकिस्तानको सीमा क्षेत्रमा तनाव बढेको छ । दुवै देशको सिमा क्षेत्रमा रहेका नियन्त्रण रेखामा गोली चल्दा सातजनाको ज्यान गएको छ । शनिबार भएको गोली हानाहानमा सातजनाको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चारजनाको ज्यान गएको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै शनिबार नै नकयाल सेक्टरमा भारतीय सेनाको गोली लागेर अर्की एक महिलाको पनि ज्यान गएको छ ।

यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको भारतीय अधिकारीले बताएका छन् । काश्मिरमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका छन् । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । शनिबार दिनभर काश्मिरका विभिन्न ठाउँमा प्रदर्शन तथा झडप भएको छ । त्यसक्रममा धेरै घाइते भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org