ताजा समाचार

ओलीको आलोचकलाई कुलमानले दिए गतिलो झापड, नेपालकै नदीमा पानीजहाज चलाउन सकिने

काठमाडौं, २५ असार । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले नेपालकै नदीमा पानीजहाज चलाउन सकिने दाबी गरेका छन् । नेपालको नदी भएर काठमाडौंको नजिकैसम्म भारतबाट पानीजहाज ल्याउन सकिने दाबी गरेका हुन् । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नै पानी जहाज चलाउने कुरा गर्दा उनको निकै मजाक उडाईएको थियो ।

उनले हिन्द महासागरमा तेस्रो मुलुकबाट सामान आयात गर्दा नेपाल झण्डा फहराइएको पानीजहाज मार्फत ल्याउने योजना अघि सारेका थिए । जुन कुराले गर्दा उनको निकै आलोचना भएको थियो । तर, अहिले कुलमानले पानीजहाज चलाउने ओलीको सपनालाई अघि बढाउने जमर्को गरेपछि ओलीका आलोचकलाई गतिलो जवाफ मिलेको छ ।

कुलमानले रामेछाप–काठमाडौं पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै कुलमानले जापानी सहयोग नियोग (जाइका)ले २० वर्षअघि नै तयार पारेको जलविद्युतको सम्भाब्यता अध्ययनसहित एउटा रिपोर्ट र मास्टर प्लानमा कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको दोलालघाटसम्म भारतबाट पानी जहाज नै ल्याउन सकिने देखाइएको तथ्य बाहिर ल्याएका हुन् ।

उनका अनुसार यो रिपोर्ट सन् १९८५ मै बनेको थियो तर, अहिलेसम्म कार्यान्वयनमा आएको छैन । यद्यपी विद्युत प्राधिकरणको प्रमुख भएपछि कुलमानले यही मास्टर प्लानअनुसार आयोजनाहरु बनाउने प्रक्रिया अघि बढाउन राजनीतिक नेतृत्वसमक्ष पहल गरिरहेको जानकारी दिए ।

‘अब नदीको बेसिनमा आधारित भएर आयोजनाहरु बनाउनुपर्छ । यो रिपोर्टमा टेकेर आयोजनाहरु बनाउने हो भने नेपाललले मात्रै हैन, पुरै दक्षिण एसियाले यसबाट ठूलो फाइदा लिन सक्छ,’ कार्यक्रममा सञ्चारकर्मीसँग उनले भने, ‘ठूला जलाशययुक्त आयोजनाहरु बने नेपालमै पानीजहाजसम्म ल्याउन सम्भव छ । हामीले धेरै मेगावाट विजुली निकालेर निर्यात पनि गर्न सक्छौं । त्यसैले अब त्यतैतर्फ अघि बढ्नुपर्छ ।’

जाइकाको रिपोर्टअनुसार पानीजहाज चलाउन सप्तकोशी (चतरा) देखि सुनकोशी–३ (दोलालघाट) सम्म यो बीचमा ४ वटा ठूला जलाशययुक्त आयोजना बनाउने हो भने अहिले भारतको इलाहबादसम्म आउने गरेको पानी जहाजलाई काभ्रेको दोलालघाटसम्म ल्याउन सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org