ताजा समाचार

अब ३ स्थानीय तहको नतिजा आउन बाँकी, सबैमा एमाले अघि, काँग्रेस पछ्याउँदै

काठमाडौं, २५ असार । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये ३ स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ । असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनको नतिजा आउन बाँकी ३ स्थानीय तहको पनि मतगणना अन्तिम चरणमा पुगेको छ । अब नतिजा आउन बाँकी सुनसरीको धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेका छन् ।

मतगणना बाँकी रहेका तीनै तहमा एमाले अगाडी रहेको छ । एमालेका उम्मेदवारहरु मेयर र उपमेयर दुवै पदमा अगाडी रहेका छन् । मेयर उपमेयर दुवैमा काँग्रेसका उम्मेदवारहरुले पछ्याईरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org