ताजा समाचार

अबरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

म्याग्दी, २५ असार । तीनदिनदेखि अबरुद्ध बेनी जोमसोम खडक खुलेको छ । कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेपछि बिहीबारदेखि अबरुद्ध सडक शनिबार बेलुकादेखि खुलेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकको अबरुद्ध भिरकाटे खण्डमा मर्मतपछि एकतर्फी रुपमा गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा बेनी–जोमसोम सडकखण्ड अन्तर्गतको झण्डै ३० मिटर सडक कटान गरेको थियो । यस्तै झण्डै १ सय मिटर सडकमा क्षति पुगेको थियो ।

सडक विभागको डोजर, दानामा निर्माणाधीन सव–स्टेशनका दुईवटा र घलेम्दीखोला जलविद्युत आयोजनाको एउटा ट्रिपर परिचालन गरी सडकको अस्थायी मर्मतपछि एकतर्फी रुपमा खुलाइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org