ताजा समाचार

नुहाएको फोटो इन्टरनेटमा राखेको भन्दै तीन महिला कुटिए, प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की

सिरहा, २५ असार । नुहाएको तस्बिर इन्टरनेटमा राखेको भन्दै सिरहामा तीन महिला कुटिएकी छन् । सिरहाको गोलबजार नगरपालिका १३ दुर्गापुर डङ्ग्राहाका तीन जना महिलालाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । नुहाएको तस्बिर इन्टरनेटमा राखेको भन्दै गाउँकै मोहम्मद आलम मिया, जाहिर मिया र उनका छोरा कलिमले बाँसको हरियो लठ्ठीले स्थानीय संजिला खातुन, मकिना खातुन र खैरुल खातुनलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको कुटाईबाट मकिनाको शरिरको विभिन्न भागमा ठूलठूला निलडाम भएका छन् । उनको शरिरको पछिल्लो भागको तल खुट्टादेखि गर्धनसम्म ठूलठूला निलडाम बस्नेगरी सार्वजनिक ठाउँका कुटपिट भएको हो । खैरुलको पनि शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरु दुवैजनाको गोलबजार ४ स्थित आकाशगंगा पोली क्लिनिकमा उपचार भइरहेको छ ।

क्लिनिकका डा. दिपेन्द्र यादवले मकिनाको शरिरको सवैभागमा गम्भीर चोट लागेको जानकारी दिए । उनीहरुको शरिरको कुनै ठाउँनै बाँकी छैन, गहिरो चोट पर्नेगरी कुटपिट भएको डा. यादवको भनाई छ । शारिरीक रुपले पनि बलियो भएकोले महिला बचेका यादवको दाबी छ ।

घरमै नुहाईरहेको बेला १२र१५ दिन पहिला छिमेकी संजिला खातुनले मकिना र खैरुल खातुनको मोवाइलले फोटो खिचेर इमोमा हालेको मकिनाले बताईन् । मकिनाले भनिन्, ‘म घरकै चापा कलमा नुहाई रहेको थिएँ, त्यहिवेला खैरुल पनि आएर नुहाउन थाली । हामी दुवैजना नुहाएको ठाउँमा संजिला पनि नुहाउन आइ । त्यही वेला उनले मोवाइल चलाई रहेकी थिई, मैले हामी नुहाई रहेका छौं, फोटो नखिच भनेको थिएँ । उनले पनि खिचदिन भनेपनि फोटो खिचेको रहेछ, त्यही फोटो इमोमा लगाएछ ।’

त्यही फोटो गाउँलेले इन्टरनेटमा देखेपछि संजिला र खैरुललाई २० गते बिहान जाहिर मियाले आफ्नै घरमा थुनेर छोरा कलिमलाई कुटपीट गर्न लगाएको स्थानीय साहिदा खातुनले बताईन् । त्यही दिन वेलुका छलफल गर्नुछ भन्दै मकिनालाई पनि बोलाएर आलम र जाहिरले मरणासन्न हुनेगरी कुटपीट गरेको साहिदाले बताईन् ।

कुटपिट पछि पनि घटना वाहिर लगे यो भन्दा पनि कडा सजाए दिने धम्की उनीहरुले दिएको पीडितहरुले बताएका छन् । गाउँमै मिलाउने भनेर तीन दिनसम्म गाउँमै राखे पनि पीडितको बोली कसैले नसुनेको मकिनाले दुःखेसो पोखिन । प्रहरीले घटनाबारे आफूहरुलाई ढिलोगरीमा जानकारी भएको बताएको छ । इलाका प्रहरी कार्यालय गोलबजारले घटनाको विषयमा आफूहरुले अनुसन्धान भईरहेको बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org