आजदेखि नारायणगढ-मुग्लिन सडकमा आवागमन रातभर बन्द हुने
चितवन, २५ असार । पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ ।
व्यवस्थापिका-संसद्, विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमन रोकिएको सूचनामा उल्लेख छ । आयोजनाले नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारीसाधनलाई दासढुङ्गाको बासखोला पुलमा र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेदेखि रोक लगाएको छ । बिहान ४ बजे बाटो खुल्ला हुनेछ ।
त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिने छ । बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिने सूचनामा जनाइएको छ । काठमाडौँबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिने भएको छ । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिने सूचनामा जनाइएको छ ।
विस्तारको कार्य भइरहेको उक्त सडकखण्डमा रातिको समयमा सम्भव भएका निर्माणका कार्य गर्ने जनाइएको छ । त्यसैगरी सडक विस्तारका क्रममा परेका विद्युत् पोल, खानेपानीको पाइप सार्ने र रुख काट्ने कामलाई यथाशक्य छिटो सम्पन्न गरी कामलाई सहजीकरण गर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । रासस
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...