ताजा समाचार

सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते (फोटोसहित)

सल्यान, २५ असार । सल्यानमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । दाङबाट रुकुमका लागि छुटेको ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाएकादुवैको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल खलंगा र विभिन्न मेडिकलमा उपचार भइरहेको छ । केहीलाई उपचारको लागि दाङ र नेपालगञ्ज रेफर गरिएको छ । बस सडकबाट झण्डै ५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org