ताजा समाचार

विदेशी विज्ञापन हटाए साउन १ बाट सबै टेलिभिजन बन्द गर्ने ब्यवसायीको घोषणा


काठमाडौं, २६ असार । सरकारले ‘क्लीन फीड’ (विदेशी विज्ञापन हटाउने ब्यवस्था) लागू गरे साउनको सुरूवातबाटै केबल टिभी र डीटीएच सञ्चालकहरुले नेपालमा प्रशारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् ।

सरकारले लागू गर्ने तयारी गरेको विज्ञापनरहित (क्लीन फीड) नीति २०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित रहेको भन्दै उनीहरुले नीति फिर्ता नभए साउन १ गतेबाट सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल केवल टेलिभिजन महासंघ, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन् ।

भू(परिबेष्टित र खुला सीमाना भएको मुलुकमा विदेशी डीटीएचको चोरी पैठारी हुन सक्ने र नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरु धारासायी बन्ने र सो को कारणबाट नेपाली टेलिभिजनहरु पनि प्रायः बन्द नै हुने अवस्था आएको दावी उनीहरुको छ ।

नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुमा लगानी भएको अर्बौं रुपैयाँको नोक्सानी हुने भएकाले विज्ञापन रहित नीति रद्द गर्न उनीहरुले माग गरेका छन् । यो माग राख्दै उनीहरुले प्रधानमन्त्री तथा नेपाल सरकार सूचना तथा सञ्चार मन्न्त्रालयका सचिव समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org