ताजा समाचार

भारतको बिहारमा चट्याङ लागेर २६ जनाको मृत्यु

काठमाडौं, २६ असार । भारतको विहारमा चट्याङ लागेर २६ जनाको ज्यान गएको छ । झरीसँगै परेको चट्याङ लागेर आइतबार राति १० बजेसम्ममा २६ जनाको ज्यान गएको बिहारका सरकारी अधिकारीले जनाएका छन् । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश बिहारको रोहतास जिल्लाका छन् । त्यहाँ चट्याङ लागेर पाँचजनाको ज्यान गएको छ ।

यस्तै पटनामा पनि चारजनाको ज्यान गएको छ । ज्यान गुमाएकाका परिवारलाई स्थानीय प्रशासनले चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । भारतीय मौसम विभागका अनुसार बिहारमा आइतबार ठूलो पानी परेको थियो । सोमबार पनि त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org