ताजा समाचार

टर्कीका राष्ट्रपति एर्दोगानको दमनबिरुद्ध लाखौं मानिस सडकमा उत्रिएर प्रदर्शन गर्दै

काठमाडौं, २६ असार । टर्कीमा राष्ट्रपति रेसेप तैयाप एर्दोगानको एकतन्त्रीय शासनविरुद्ध लाखौ मानिस सडकमा उत्रिएर प्रदर्शन गरेका छन् ।
इस्तानबुल शहरको सडकमा ४५० किलोमिटर लामो न्याय र्‍यालीमा सहभागिहरुले सरकारी दमनको खुलेर आलोचना गरेका छन् ।

गत वर्ष सेनाका केहीले गरेको असफल सत्ता विद्रोह ‘कू’ यता एर्दोगान सरकारले अन्धाधुन्ध धरपकड र दमनको बाढी नै ल्याएको भन्दै विपक्षी नेता केमाल किलिक्दारोग्लुले एर्दोगान सत्ताको आलोचना गरेका छन् । एर्दोगानले भने र्‍याली सहभागि हुनेलाई आतंकवादको समर्थक भन्दै आलोचना गरेका छन् ।

एर्दोगानले विपक्षी किलिक्दारोग्लु राजनीतिक विपक्षभन्दा बाहिर गएर आतंकवादी संगठनको लागि काम गर्न थालेको र यो देशद्रोह भएको आरोप लगाए । चार वर्ष यताकै सबैभन्दा ठूलो प्रदर्शनमा सहभागि भएकाले कू विरुद्ध एर्दोगानलाई समर्थन गर्नुको मतलब उनको स्वेच्छाचारितालाई साथ नदिएको बताएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org