ताजा समाचार

शीतलनिवासको प्रतिक्रिया- राष्ट्रपतिको लागी कति करोडको गाडी किन्ने सरकारको विषय हो

काठमाडौं, २६ असार । राष्ट्रपति भवन शीतलनिवासले पूर्व राष्ट्रपति रामवरण यादवले चढेको गाडी बिग्रिएकाले नयाँ गाडी किन्न लागेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ माग भएको प्रकरणका शीतलनिवासले बल्ल मुख खोलेको हो । गाडी किन्न १६ करोड माग भएको जानकारी बाहिर आएपछि सामाजिक सञ्जालमा राष्ट्रपतिको माननर्दन हुने गरी आलोचना भईरहेको छ । उक्त प्रकरणले निर्क चर्चा पाएपछि बल्ल राष्ट्रपति कार्यालयले गाडी खरिद प्रकरणबारे प्रतिक्रिया दिएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले राष्ट्रपतिको लागी गाडी किन्न लागेको बताए । राष्ट्रपति भण्डारीले मलाई यति करोडको गाडी चाहियो भनेर कहिल्यै नभनेकी भन्दै शर्माले आवश्यक भएरै गाडी किन्न लागेको दाबी गरे । राष्ट्रपति भण्डारीले अहिले पूर्वराष्ट्रपति डा. रामवरण यादवले चढ्ने गरेको गाडी नै प्रयोग गर्ने गरेकी छन् । तर, सवारीकै समयमा बिग्रिएर हैरान पारेको छ ।

राष्ट्रपतिका सल्लाहकार शर्माले भने, ‘सवारीका क्रममा पटक–पटक पटक गाडी बिग्रिएको छ । एकपटक त बीचबाटोमा गाडी बिग्रिएर अर्कोमा जानुपर्‍यो । अर्को पटक पिकअप नै नलिएर हैरान भयो ।’ पटकपटक समस्या आएपछि भीभीआईपीको सुरक्षा प्रवन्ध, सवारी लगायतका विषय हेर्ने निकायले नै राष्ट्रपतिको गाडी परिर्वतन गर्नुपर्ने राय दिएको छ ।

शर्माले भने, त्यसपछि सरकारले गाडी किन्ने तयारी गरेको होला । कस्तो किन्ने के किन्ने राष्ट्रपतिले भन्ने होइन । फेरि १६ करोड एउटा गाडीको मूल्य होइनजस्तो लाग्छ ।’ राष्ट्रपतिका प्रेस सल्लाहकार शर्माले जनताबाट आएको खबरदारीप्रति कुनै गुनासो नरहेको बताए । उनले भने, ‘नेपाली जनताले कुनै पनि चिजको दुरुपयोग नहोस्, भएको कुराको सदुपयोग होस् । कुनै पनि पदाधिकारीले बिलासिताका सामान प्रयोग नगरुन् भन्ने जनआकांक्षा छ, त्यसमा कुनै गुनासो छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org